September 22, 2026

रेशम चौधरीको रिहाईको माग गर्दै झापामा प्रर्दशन

0

झापा, नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ ।
रेशम चौधरी सहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईको माग गर्दै शुक्रवार बिर्तामोडमा विरोध प्रर्दशन गरिएको हो । उनीहरुले चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने , लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने, निर्दाेष ढहर भएका थारु नेताहरुलाई क्षति पूर्ति दिनु पर्ने , कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिनु पर्ने लगायतका माग सहित बिर्तामोडस्थित मुक्ति चौकमा विरोध सहितको कोण सभा सम्मपन्न गरेका हुन् ।
त्यस्तै उनीहरुले पार्टीका युवा नेता पूर्ण सुहाङलाई तुरुन्त रिहाई गरिनु पर्ने र सम्पूर्ण पहिचानवादीहरु एक हुन आग्रह गरेका छन् ।
कोण सभालाई नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय सदस्य तथा कोशी प्रदेश खारेज संघर्ष समितिका संयोजक धनवहादुर पन्धाक सुब्बा, पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्ग, केन्द्रीय सदस्य दीनेश चन्द्र राजवंशीले सम्वोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन पार्टीका महासचिव दिलकुमार लावतीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *