September 28, 2026

अस्मिता र बल बहादुरले ल्याए लभ सङ ‘सुस्तरी सुस्तरी’ ( भिडियो )

0
काठमाडौं, 
लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ।  गीतलाई हङकङ निवासी  वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्।  गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।

 भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।
https://www.youtube.com/watch?v=PLoF5NWca98

Leave a Reply

Your email address will not be published. Required fields are marked *