September 15, 2026

सिड्लिङ मन्टेश्वरी शैक्षिक क्षेत्रमा उत्कृष्ट पाएको  नगरप्रमुख तुम्वापोको भनाई

0

छविराज ढकाल
पथरीशनिश्चरे,
माेरङ्गकाे पथरीशनिश्चरे -०२ को बुद्धचोकमा स्थापित सिड्लिङ मन्टेश्वरी स्कुलले आफ्नो ८ औं अभिभावक दिवस तथा ग्राजुएसन सेरेमोनी आयोजना गरेको छ।
मंगलबार  पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
सिन भिलेज पार्टी प्यालेसको सभाहलमा आयोजित एक कार्यक्रमका नगरप्रमुख  तुम्वापोले सिड्लिङ मन्टेश्वरी उत्कृष्ट ढंगले सञ्चालन भैरहेको आफुले पाएको बताउनुभयो।
उक्त अवसरमा मन्टेश्वरी स्कुलमा अध्ययनरत साना नानीबाबुहरुले उत्कृष्ट बाल गीत तथा नृत्यहरु पस्केका थिए भने  अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
मन्टेश्वरीकी निर्देशक तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षता भएको सो कार्यक्रममा  पथरीशनिश्चरे नगरका शिक्षा शाखा तथा खेलकुद  प्रमुख शालिग्राम काफ्ले, वडा नं. २ वडाध्यक्ष नैना राई, वडा सदस्य चन्द्र कुमार राई लगायतको  पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *