September 15, 2026

सुुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु

0

झापा,
सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राख्नुभएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले उक्त विचार राख्नुभएको हो ।

प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एवम् स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भपतन सम्बन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भतन सम्बन्धमा प्रशिक्षण दिई उनीहरुमार्फत नागरिकमा जनचेतना फैलाउनु कार्यक्रमले उद्देश्य लिएको छ ।

गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउने, विशेष अवस्थामा चिकित्सकको सल्लाहमा २८ हप्तासम्मको गर्भपतन गराउने विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले सरकारले माध्यमिकस्तरको विद्यालयमा स्टाफ नर्स राख्नुको मुख्य कारण छात्रालाई असुरक्षित गर्भपतन रोक्न चेतना वृद्धि गर्नाका साथै त्यस्तो अवस्था सिर्जना हुन नदिनु रहेको बताउनुभयो ।

उहाँले समाजमा गर्भवतीमा छोरी रहेको भ्रूण हत्या रोक्न सामाजिक कार्यकर्ताहरुलाई जनचेतना जागृत गराउने कार्यमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *