उर्लावारीको मंगलबारे -पथरीशनिश्चरेको बोक्रे जोड्ने झोलुङ्गे पुलको शिलान्यास
छविराज ढकाल/ पथरीशनिश्चरे,

उर्लाबारीको मंगलबारे बजार र पथरीशनिश्चरे वडा २ बोक्रे चोक जोड्न ट्रस पुल निर्माण कार्यको नगर प्रमुख मोहन प्रसाद तुम्बापोले शिलान्यास भएको छ।
संघीय सरकारबाट पुर्ब स्वीकृत बहुबर्षे योजना अन्तर्गत ६९ लाख ५०हजार बजेट विनियोजित सो झोलुङ्गे पुल निर्माण योजनाको आज आइतबार शिलान्यास गरिएको हो।
यस चालु आर्थिक वर्ष २०७९/०८० मा १६ लाख प्राप्त भएको वडा अध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो ।
उक्त रकमबाट पाईलिङ तथा साईड पिल्लरहरु निर्माण गरिनेछ।सो योजनाका लागि नगरपालिकाले पनि कुल बजेटको ६%रकम उपलब्ध गराउनु पर्ने बताईएको छ।
वर्षौदेखि सवारी साधनलाई आवतजावत गर्न असहजता भोगीरहेका सफारी ,टेम्पो, ट्याक्सी आदिलाई यो योजना सम्पन्न भएपछि सबैलाई सहजता हुने बिश्वास गरिएको वडा अध्यक्ष राईले बताउनुभयो ।
शिलान्यासका अवसरमा उर्लाबारी न.पा.३ वडाध्यक्ष भिष्म बुढाथोकी ,प.स. वडा २ जनप्रतिनिधीहरु , प्रदेशका प्राविधिक मनोज कटुवाल,वनका अध्यक्ष लगायत स्थानिय ब्याक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
