ताप्लेजुङ झापा सरोकार समाज अर्जुनधाराका अध्यक्षमा भट्टराई
अर्जुनधारा ।

ताप्लेजुङ झापा सरोकार समाज अर्जुनधाराको अध्यक्षमा भीमचन्द्र भट्टराई चयन भएका छन् ।
अर्जुनधारा–७ स्थित गुरागाईं कम्प्लेक्सको सभाहलमा सम्पन्न भेलाबाट आगामी दुई वर्षे कार्यकालको लागि उनी अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी समाजका उपाध्यक्षमा सूर्यप्रकाश अधिकारी, महिला उपाध्यक्षमा इन्द्रकुमारी विश्वकर्मा, सचिवमा यज्ञप्रसाद सिटौला, सहसचिवमा सर्वजित पौडेल र कोषाध्यक्ष राजेन्द्रप्रसाद निरौला चयन भएका छन् ।
त्यस्तै समाजका सदस्यहरुमा खेमनाथ पौडेल, चन्द्रकुमार पौडेल, टिकाराम चिमरीया, देवी कार्की, धर्म बराल, प्रकाश खतिवडा, भोलानाथ पौडेल, राजकुमार गौतम, लीलाराज पौडेल, सीता ओली, सीता भट्टराई बराल, सोना बस्नेत महतरा चयन भएका छन् ।
२१ सदस्यीयमध्ये बाँकी तीन जना कार्यसमितिको बैठकबाट मनोनित गरिने समाजका सदस्य राजकुमार गौतमले जानकारी दिए ।
समाज झापाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षतामा आयोजित उक्त भेलाको प्रमुख अतिथि मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमलप्रसाद गुरागाईंले उद्घाटन गरेका थिए ।
कार्यक्रममा जगन गौतम, दुर्गाप्रसाद न्यौपाने, भरत भट्टराई, लोकनाथ दाहाल, यज्ञ दाहाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समाज झापाका सचिव उमानाथ प्याकुरेलले गरेका थिए ।
