April 30, 2026

बेलायती संसदमा टिकटक प्रतिबन्ध, अमेरिकमा टिकटकका सिईओसँग बयान

0

एजेन्सी।

बेलायती संसदले सुरक्षाको कारण देखाउँदै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्धसँगै अब बेलायतको संसदमा टिकटक प्रयोग गर्न पाइने छैन्। संसदको वाइफाइमै टिकटक बन्द गरिएको छ भने सांसदका सहयोगीहरुलाई दिइएको डिभाइसमासमेत टिकटक नचल्ने बनाइएको छ।

संसदका एक प्रवक्ताले बेलायत सरकारले सुरक्षासम्बन्धी समीक्षा गरेपछि मन्त्री तथा सांसदहरुले आफ्नो डिभाइसमा टिकटक खोल्न नपाउने निर्णय गरेको बताएका छन्। तर टिकटकले भने एक वक्तव्य जारी गर्दै हचुवाका भरमा बेलायतले यस्तो निर्णय लिएको आरोप लगाएको छ। साथै उसले यो एपले कुनै पनि डाटा चोरेर चीन सरकारलाई नदिने दाबी पनि गरेको छ।

यता अमेरिकाको संसदीय समितिले टिकटकका प्रमुख कार्यकारी अधिकृतको बयान लिएको छ। टिकटकले गोप्य सूचना संकलन गर्ने गरेको र बालबालिकालाई प्रभावित पार्ने गरेको विषयमा संसदीय समितिले टिकटकका सिईओ जि चेउसँग बयान लिएको हो।

बयानमा डेमोक्रेट तथा रिपब्लिकन पार्टीका सांसदहरुले एकै स्वरमा टिकटकमाथि विभिन्न आरोप लगाएका थिए। चेउले भने टिकटकबारे गलत प्रचार भइरहेको जवाफ दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *