April 30, 2026

‘बेइजिङ ताइवानमा सफल भएमा यसले कन्डकटर र विश्व शान्तिमा असर पुर्‍याउनेछ’

0

काठमाण्डौं ।

अमेरिकाको जासुसी संयन्त्रले हरेक वर्ष खतरा मूल्यांकन प्रतिवेदन संसदसमक्ष पेश गर्नुपर्छ। सन् २०२३ का लागि जासुसी संयन्त्रले औंल्याएका खतराबारेको प्रतिवेदन अमेरिकी सदनमा पेश भएको छ।

संसदमा जासुसी संयन्त्रको प्रतिवेदन पेश गर्ने अभ्यास दुई दशकअघिदेखि सुरु भएको हो। बढ्दै गएको चीन र रूसी आक्रामकता, इरानको आणविक महत्वाकांक्षा र बढ्दै गएको संगठित अन्तर्राष्ट्रिय अपराध अमेरिकाका लागि खतरा रहेको प्रतिवेदनमा औंल्याइएको छ। अमेरिकी राष्ट्रिय खुफिया संयन्त्रकी निर्देशक एभ्रिल हेन्सले यसपटक सदनमा प्रतिवेदन पेश गर्दै सम्भावित खतराबारे विस्तृत र चिन्ताजनक विषय उठान गरेकी छिन्।

सदन समक्ष प्रतिवेदन पेश गर्दै एभ्रिलले चीन नै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि अतुलनीय चुनौती र खतरा रहेको बताएकी छिन्। ‘हाम्रो राष्ट्रिय सुरक्षाका लागि चीन नै अतुलनीय चुनौतीका रूपमा रहेको छ’, उनको भनाइ छ।

जासुसी संयन्त्रको प्रतिवेदनमा सी जिनपिङको द्वन्द्वात्मक दृष्टिकोण चीनको सैन्य, आर्थिक र प्राविधि क्षमताको विस्तार नै अमेरिकाका लागि चुनौतीपूर्ण रहेको उल्लेख छ।

त्यस प्रतिवेदनमा चीनमा रहेका घरेलु समस्याले अमेरिकालाई थप्ने जटिलतबारे भने उल्लेख छैन। विज्ञहरूका अनुसार चीनमा देखिने समस्याले चीनलाई मात्रै अप्ठ्यारोमा पार्ने भन्ने हुँदैन। यसले विश्वलाई नै विचलित बनाउन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *