September 24, 2026

स्वावलम्वन लघुवित्तको वित्तिय साक्षरता

0

दिपेश राजवंशी,
झापा।

स्वावलम्वन लघुवित्त वितिय संस्था , उपशाखा कार्यलय चन्द्रगढीले जिल्ला समन्वय समिती झापाको सभाहलमा वित्तिय साक्षरता तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष मार्च २० देखि २६ तारिखसम्म विश्वव्यापी रुपमा मनाइने वित्तिय साक्षरताको कार्यक्रम “ग्लोबल मनि विक” को अवसर पारेर स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले आम जनतामा बित्तीय साक्षरता अविवृद्धी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्थाकी सदस्य रन्जु शर्माले गर्नुभएको कार्यक्रममा थियो ।

कार्यलय प्रमुख खड्गबहादुर थापाले कार्यक्रमको परिचय तथा स्वागत गर्नुभएको कार्यक्रममा भद्रपुर नगर प्रमुख पोखरेल र विक्रम इजमले शुभकामना मन्तव्य राख्नुभएको थियो । तीन सय बढी सदस्यको उपस्तिथि रहेको कार्यक्रममा साक्षरताको सेसन , कार्यक्रमका विशेष अतिथी स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका, इलाका प्रवन्धक भुपाल खत्रीले संचालन गर्नुभएको थियो । उपस्थित सदस्यहरुमध्ये कल्पना सुवेदी , पुर्ण प्रसाद लम्साल र कुमारी स्वर्णिकाले आफ्नो विचार राख्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले निम्न आयआर्जन हुने वर्गको उत्थानको लागि लघुवित्तको अहम् भुमिका रहेको हुनाले आफ्नो राजनितिक स्वार्थ पुर्ती गर्न बैंक तथा वित्तिय संस्थालाई धरासायी बनाउने कुनै पनि कदम बिरुद्द आफुहरु एकजुट हुनुपर्ने बताएका छन् ।

स्वावलम्वन लघुवित्त वित्तिय संस्थाका वरिष्ठ लेखा सहायक सुर्य बहादुर योङ्हाङ्का अनुसार , “देशभरी लघुवित्त संस्थाको अन्ठाउन्न लाख सदस्य रहेको र प्रत्यक्ष रुपमा तेईस हजार जनालाई रोजगारी प्रदान गरेको छ , त्यसैले लघुवित्त जस्ता वित्तिय संस्थालाई राजनिती देखि पर राख्नु पर्छ “। अबदेखि हरेक हप्ता वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने पनि आयोजकले जनाएको छ । साक्षरता तथा अन्तर्कृया कार्यक्रमको संचालन चन्द्रगढी शाखाका वरिष्ठ लेखा सहायक सुर्य बहादुर योङ्हाङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *