September 22, 2026

तिमीलाई तिमीसँगै खुशी देखेपछि
म तिमीबाट छुट्टिएर आएँ ।

फर्किंदा मैले यो पनि थाहा पाएँ
मेरो मनले मन दुःखाए छ ।

मैले मेरै मनको मनलाई
बुझाउन सकेको छैन
उसले थाहा पाउँछ कि भनेर
आँशु बगाउन सकेको छैन

मेरो मन
म जस्तै
चुपचाप छ ।
जीवनमा पहिलो पटक
मेरो
मेरै मनसँग
मनमुटाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *