April 30, 2026

बिर्तामोड महोत्सव सफल बनाउन वीरता जेसीजको अन्तरक्रिया

0

बिर्तामोड ।

झापाको बिर्तामोडमा आगामी फागुन ५ गतेबाट शुरु हुन लागेको अन्तराष्ट्रि औद्योगिक ब्यपार महोत्सवलाई सफल बनाउन विभिन्न संघ– संस्थाहरु एक जुट भएर लागेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने छ । यसैक्रममा मंगलबार वीरता जेसीजको आायोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यपार महोत्सव २०७९ सफल बनाउन जेसीजको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरिएको हो । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया काार्यक्रममा महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्याौपाने, जेसीज निर्वतमान अध्यक्ष प्रविन खड्का, सिनेटर विशाल थापा, जेसीजका पूर्व अध्यक्ष राजिव धिमाल, वीरता लेडी जेसीजका अध्यक्ष संगिता गिरी, आौषधी ब्यवसायी संघका महासचिव जीवन खड्का, धर्म लक्सम्बा, महिला उद्यमी संघका अध्यक्ष तिलोतमा खत्री, राधिका चुडाल लगाायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक सुमन पोद्धारले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जनक खड्का र धन्यवाद ज्ञापन सुशिल उप्रेतीले गरेका थिए । सोही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले नवनिर्वाचित जेसीजका पदमाधिकारीहरुलाई बधाई ज्ञापन गरेको थियो ।

कार्यक्रममा महोत्सवलाई सफल बनाउन सबै पक्ष एक भएर लाग्ने र प्रदेश–१ कै उत्कृष्ट बनाइने बताइएको छ । महोत्सव सफल बनाउन वीरता जेसीजसहितका संघ– संस्थाले सबैसंग आाग्रह समेत गरेका छन् । वाणिज्य संघले यसअघि विभिन्न संघ–संस्था, सुरक्षा निकाय, रााजनीतिक दल लगायतसंग छलफल र अन्तरक्रिया गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *