September 23, 2026

काँकरभिट्टाका डीएसपीको विदाई र स्वागत एकैसाथ

0

मेचीनगर ,मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ ।

नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक बर्ष अघिदेखि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिई बिदाई गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हाल्न मेचीनगर आएका डिएसपी दिपक भारतीलाई स्वागत गरेको छ ।

स्वागत तथा बिदाई कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर(७ का वडाध्यक्ष प्रल्हाद मणि ओली, मेचीनगर(८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, कार्यपालिका सदस्यद्वय हृदय राजवंशी र चित्र धिमाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *