September 15, 2026

मन्त्री सिटौलालाई सम्मान

0

बिर्तामोड,
चिया क्षेत्रका समस्या÷सवालहरुबारे पत्रकारहरुसँगको कार्यशाला सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यशालाको उद्घाटन गरे । मिडियामार्फत चिया क्षेत्रका सवालहरु उठान गरी सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइ समस्या समाधानमा टेवा पु¥याउन कार्यशाला आयोजना गरिएको बताइएको छ ।
संवाद समूह झापाले आयोजना गरेको कार्यशालामा राष्ट्रिय चिया विकास तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रको अवस्था र देखिएका समस्या समाधानका उपायका बारेमा प्रस्तुति गरेका थिए ।
त्यस्तै चिया श्रमिकहरुको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले श्रमिकहरुले भोग्नु परेका समस्या, केन्द्रीय चिया सहकारी संघ नेपालका अध्यक्ष हर्कबहादुर तामाङले साना किसान तथा सहकारीले भोग्नु परेका समस्या र नेपाल चिया उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेश मित्तलले चिया उद्योगीले भोग्नु परेका समस्याका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

पत्रकार अर्जुन राजवंशीले देखिएका समस्या समाधानमा मिडियाले खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने सावलका बारेमा प्रष्ट्याएका थिए । कार्यक्रममा मन्त्री सिटौलाले चिया क्षेत्रमा मलको समस्या, साना किसान तथा सहकारीका समस्या, श्रमिकका समस्या र उद्योगीका समस्यालाई सम्बोधन गर्नका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्री सिटौलाले चियाखेतीमा सिँचाइ गर्दा लाग्ने विद्युत महशुल छुटका लागि तत्काल काम अगाडि बढाउने बताएका छन्न ।
चिया क्षेत्रको समस्या समाधानका लागि आफ्नो मन्त्रालय मार्फत प्रदेश सरकारबाट विशेष निर्णय गरेर अघि बढ्ने र संघीय सरकार समक्ष समेत पहल गर्ने उनको भनाइ थियो । चिया क्षेत्रसँगै कृषि र सहकारी क्षेत्रमा धेरै समस्या रहेको र राजनीतिक अस्थिरताका कारणले तिनको निराकरण हुन नसकेको उनको भनाइ थियो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ १ नं। प्रदेशका इञ्चार्ज भुपाल सापकोटाले दैनिक चार सय ३५ रुपैयाँ ज्यालाको भरमा चिया श्रमिकले परिवार पाल्नुपर्ने बाध्यता रहेको बताए । उनले चिया श्रमिकका लागि रासन कार्डको व्यवस्था गरिदिने हो भने सबै माग सम्बोधन हुने बताए । सरकारले २० देखि २५ करोड रुपैयाँ चिया क्षेत्रका लागि छुट्याएर श्रमिकलाई रासन कार्डको व्यवस्था गरे उपयुक्त हुने धारणा राखे ।
कार्यक्रममा चिया विज्ञ मनोज ढकाल, चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया बोर्डका कृषि प्राविधिक अनन्त ढुंगाना तथा सुमन त्रिखत्री, फाफुनका सन्तकुमार राई, फाफुन चिया क्षेत्रका सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, साना चिया किसानका तर्फबाट पर्वत डाँगी, चन्द्र तामाङ, गणेशकुमार आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका ३० भन्दा बढी पत्रकारको सहभागिता थियो ।
कार्यशालामा वार्षिक अर्बौ रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश नं। १ लाई चिया विशेष क्षेत्र घोषणाको
पहल गर्नुपर्नेमा जोड दिइयो । त्यस्तै चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्नुपर्ने, चिया निर्यातमा भारतीय अवरोध हटाउन तत्काल संघीय सरकारसँग समन्वय गरी कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिइएको छ ।
श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउनु पर्ने, यस प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्ने ल्याब स्थापना गर्नुपर्ने, आवश्यकता बमोजिम यसै प्रदेशमा ९प्रदेश नं। १० चिया विकास बोर्ड स्थापना वा संघीय चिया बोर्डलाई यस प्रदेशमा ल्याउनु पर्ने र चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकारमार्फत तत्काल पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।


                                  मन्त्री सिटौलालाई सम्मान

प्रदेश नं। १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई सोमबार बिर्तामोडमा सम्मान प्रदान गरिएको छ ।
संवाद समूह झापाले मन्त्री सिटौलालाई सम्मान प्रदान गरेको हो । संवाद समूहका सदस्य समेत रहेका मन्त्री सिटौलालाई सम्मानसँगै बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि व्यक्ति गरिएको छ ।
त्यसक्रममा मन्त्री सिटौलाले हरेक द्वन्द्व तथा विवादलाई आपसी संवादबाट लामो समयदेखि निराकरण गर्दै आएको संवाद समूहको अभ्यास मुलुकमै उदाहरणीय भएको बताए । संवाद समूहको तर्फबाट संयोजक लीला शिवाकोटी तथा चिया उद्योगी, किसान र श्रमिक नेताहरुले सामुहिक रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *