September 16, 2026

गिरी बन्धुको वंशावली पुस्तक बिमोचन

0

बुट्टाबारी,
कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुको वंशावली पुस्तक बिमोचन भएको छ । कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धु वंशावली प्रतिष्ठान केन्द्रिय समितिले शनिवार (आज) दशनामी झापाको भवन बुट्टाबारीमा वंशावली पुस्तक बिमोचन गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष नरेशकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल दशनामी समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरीले बंशावली पुस्तकको बिमोचन गरेका हुन् ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, काठमाडौं, भक्तपुरसहित देश तथा बिदेशमा रहेका कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुहरुलाई एकताबद्ध गर्ने उदेश्यले वंशावली प्रकाशन गरिएको प्रतिष्ठानका सचिव हर्कलाल गिरीले जानकारी दिए ।

प्रतिष्ठानका सदस्य देउमान गिरीले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोविन्द बिक्रम, नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजका झापा पूर्व अध्यक्ष खिलराज गिरी (राजु), ऊँ नमः शिवाय साकोसका सदस्य एलबहादुर गिरी, योङहाङ बैश प्रतिष्ठानका प्रतिनिधि मनकुमार योङहाङ, नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव हर्कलाल गिरीले गरेका थिए ।

सोही कार्यक्रमकाबिच जेष्ठ नागरिक सम्मान, स्नातक तह उत्तिर्ण गरेका कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुहरुका छोरा, छोरी र बुहारीहरुलाई पनि सम्मान गरिएको थियो । बिमोचन कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरुसमेत गरिएको थियो । कौडिण्य गौत्रीय दुर्गानाथी गिरी बन्धुको वंशावली पुस्तक लेखन, संकलन र सम्पादन टोलीमा नरेशकुमार गिरी, जीवनाथ गिरी, भुपेन्द्रकुमार गिरी, हर्कलाला गिरी र गुरुभक्त गिरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *