पथरीशनिश्चरेस्थित हस्पिटल मार्गको निर्माण तिब्र गतिमा
छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरस्थित रहेको नगरअस्पताल जोड्ने हस्पिटल मार्ग धमाधम निर्माण भैरहेको छ।
पथरीशनिश्चरे -२ स्थित शान्ति चोकदेखि नगर अस्पताल जोड्ने ग्राभेल सडकलाई कालोपत्रे गर्ने उद्देश्यले उक्त मार्गको दुवै किनारमा पक्की नारी / ढल निर्माण भैरहेको हो।
खाल्डाखुल्डी सहितको कमजोर ग्राभेल सडकमा विमारी ओसारपसारमा समस्या झेलिरहनु परेपछि अस्पताल आवात जावत सहज तुल्याउन यसै वर्ष-०७९ को शुरूवातसँगै निर्माण कार्य जारी रहेको छ।
उक्त हस्पिटल मार्ग कालोपत्रे आयोजनाको निर्माणको ठेक्का इलाम-७ को देवि डांडा निर्माण सेवा प्रालिले लिएको छ। गत बैशाख -१६ गते अघिल्लो नगरप्रमुख दिलिप कुमार राईको कार्यकाल सकिनै लाग्दा नगरप्रमुख राईको नेतृत्वले उक्त निर्माण व्यवसायी कम्पनीसँग भ्याट बाहेक कुल १ करोड ५१ लाख ८९ हजार १३८ रूपैयाँमा संझौता गरेको थियो।
सडकको दूवै तर्फ ‘प्लम'(ढल)को नाली सहित कालोपत्रे गर्ने ठेक्का पाएको सो निर्माण कम्पनीले आगामी २०८० साल बैशाख -२१ गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने संझौता पत्रमा उल्लेख गरिएको छ।
उक्त आयोजना सम्पन्न गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्ष-२०८०/०८१ को ९६ लाख ४७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट विनियोजन गरिने जनाइएको छ।
यसैबीच,पूर्वईन्जिनियर दिपक आचार्यले मुख्य ठेकेदारलाई काम गर्न नदिई स्थानिय पटके ठेकेदार मार्फत निर्माणको जिम्मा दिएर निजले फकाउन गरेको भेटिएको बताउदैं वर्तमान नगरप्रमुख मोहन प्रसाद तुम्वापोले सडकको पश्चिमपट्टि किनारको ढल निर्माण सम्वन्धमा ठेक्का सम्झौता उल्लेख नभएकाले लागि आवश्यक पहल गर्ने जनाउनु भएको छ । जसकारण सडकको लागत खर्च बढ्न सक्ने औल्याउनु भयो।
नगर प्रमुख तुम्वापोले निज निवर्तमान ईन्जिनियर आचार्यले सो मार्ग निर्माणका लागि दूवै पट्टी पक्की ढल निर्माण गर्ने गरी नक्सा तयार नगरेको आफुले तथ्य पत्ता लगाएको नगरप्रमुख मोहन प्रसाद तुम्बापोले बताउनुभएको छ।
यता, यस्ता थुप्रै कमजोरी बाहिरिन थालेपछि ईन्जिनियर आचार्यले भने केही महिनाअघि नगरपालिकामा राजिनामा दिएका छन्। हाल निर्माणाधीन पश्चिमको ढल बनाउनलाई बजेट थप्नु पर्ने भएको र सोका लागि थप बजेट व्यवस्थापन गर्न सम्वद्ध माथिल्लो निकायहरूमा पहल भइरहेको नगरप्रमुख मोहन प्रसाद तुम्बापोले बताउनुभयो।
यसैबीच, नगरपालिकाका प्रमुख ईन्जिनियर सन्तोष केसीले उक्त मार्गको काम तिब्र गतिमा भैरहेको बताएका छन्। त्यस्तै,सडक बिचमा रहेका बिजुलीका पोलहरूलाई सडक छेउमा व्यवस्थापन गर्न पनि विद्युत प्राधिकरण उर्लाबारीमा कुरा भैरहेको बताउनुभयो।
उहाँले उक्त सडकखण्डभित्र रहेका आधा दर्जन बढी विजुलीका पोलहरूलाई सडकको छेउमा सार्नु पर्नेर सोको लागि आवश्यक बजेट सहितका लागि सम्वन्धित कार्यालयमा पहल गरिरहेको वताउनुभयो ।
