September 16, 2026

भगवती साकोसको २२ औं सभा

0

सुरुङ्गा ।

भगवती बचत तथाऋण सहकारी संस्थालिमिटेड सुरुङ्गाको २२ औं साधारणसभा सम्पन्नभएको छ । कनकाई अतिथि सदनमाभएको साधारणसभामा संस्थाका सञ्चालक समितिकाअध्यक्ष खेमप्रसाद प्रसाईंको अध्यक्षता र नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्यघनश्यामअधिकारीको प्रमुखआतिथ्य रहेको थियो ।

कार्यक्रममाअध्यक्ष प्रसाईंले आ.व. २०७८/०७९ को समीक्षा र आ.व. २०७९/०८० को नीति, कार्ययोजनातथाकार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा समितिका संयोजक लीलाप्रसाद उप्रेतीले आन्तरिक लेखातथा सुपरीक्षण समितिको प्रतिवेदन पेश गरेका थिए । सबै प्रतिवेदन सभाको बन्दसत्रले सर्वसम्मत पारित गरेको थियो । २०५७ सालमाविधिवत शुरु गरिएको उक्त संस्थामाहाल १ हजार ६ सय ५८ जना शेयर सदस्य रहेका छन् ।

संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागतमन्तव्य राखेको कार्यक्रममाजिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, झापा जिल्ला बचत तथाऋण सहकारी संघ लेखा समिति सदस्य प्रेमसागर सापकोटा, भीमसेन साकोस सुरुङ्गाका सञ्चालक समितिअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सुरुङ्गा कनकाई साकोसका अध्यक्ष प्रकाश चुडाल, वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा सचिवलीलादेवी प्रसाईं (शिवाकोटी) ले घरायसी कारणले सदएको राजिनामा स्वीकृत गरी सो रिक्तपदमा सर्वसम्मत रूपमा लीलाप्रसाद भेटवाललाई बाँकी कार्यकालका लागि मनोनयन गरिएको संस्थाका प्रबन्धक महेन्द्र सापकोटाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्ययुवराज संग्रौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *