September 17, 2026

३१ जना महिलाहरुको पाठेघर निःशुल्क परिक्षण

0

झापा, उर्जाशील रामधुनी आमा समूह बिर्तामोडले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कान्तिपूर मेडिकल हलसंग सहकार्य गर्दै आयोजना गर्दै गरिएको शिविरमा ३१ जना महिलाहरुको पाठेघरको निःशुल्क परिक्षण गरिएको थियो । शिविरमा डा,उपेन्द्र प्रधान, डा मम्ता घोसाई सहितका चिकित्सकले महिलाको स्वास्थ्य जाँच गरेका थिए ।
सो अवसरमा ज्येष्ठ नागरिक राजकुमारी राजवंशीलाई सम्मान समेत गरिएको थियो । उनलाई न्यानो कपडा सहित सम्मान गरिएको हो ।
बिर्तामोड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष राहुल कुमार शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य निर्मला गजमेर, नेपाल उद्यमशील महिलासंघ कि अध्यक्ष पार्वता खरेल, लायन्स क्लव अफ बिर्तामोड लेडीकी संस्थापक उर्मिला विमली खरेल, लगायतको आतिथ्यता रहेको थियो ।
सरिता थपलिया शिवाकोटीले स्वागत गरेको कार्यक्रमको संञ्चालन सुशीला पाठकले गरेकी थिइन् । संस्थाकी अध्यक्ष गंगा ढकालको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश चन्द्रा चुडाल सिटौलाले पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *