September 17, 2026

बेँकहरूले ब्याज थाहै नदिई बढाएको उद्योगी व्यवसायीको गुनासो

0

पथरीशनिश्चरे,

मोरङ्गको बेलबारीका उद्योगी – व्यवसायी र बेलबारीमा रहेका विभिन्न बैँकहरुका प्रतिनिधि विच बेलबारी अन्तर्कृयात्मक कार्यक्रम भएको छ।

बुधबार नगरपालिकाको समन्वयमा भएको अन्तरक्रियामा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले चर्को बैँक ब्याजका कारण ब्यवसायीहरु मर्कामा परिरहेको भन्दै बैँकहरुले समेत ब्यवसायीहरुको मर्का बुभनुपर्ने र सकेसम्म ब्याज घटाउन पहल गर्नुपर्ने बताएका छन् ।

जवाफमा बैँकका प्रतिनिधिहरुले बैँक र ब्यबसायीहरु बिच अति निकट सम्बन्ध हुनुपर्ने र एकअर्काबिना अपुरो हुने भन्दै आ आफ्नो शाखाबाट केन्द्रीय कार्यलयमा कुरा राख्ने वचन दिएका छन् ।

कार्यक्रममा उद्योग बाणिज्य संघ बेलबारीका कार्यबाहक अध्यक्ष राजेशजंग कार्की,उपाध्यक्ष माधवराज थापा,ब्यवसायी बिजय सुवेदी,हरि लोहनी लगायतले बैँकको ब्याज बढदै जाँदा ब्यवसायीहरुलाई मर्का परेको गुनासो गरेका थिए ।

अधिकांश ब्यवसायीहरुले बैँकहरूले ऋण लिने बेलामा एउटा ब्याज भन्ने र तिर्ने बेलामा ब्याज बढाएर समेत तिर्न लगाउने गरेको गुनसो समेत गरेका थिए ।

अन्तरक्रियामा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा,उद्योग बाणिज्य संघ बेलबारीका पदाधिकारीहरु,ब्यवसायीहरु र बैँकका प्रतिनिधिहरुबिच छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *