April 30, 2026

लागूऔषध सहित एक जना पक्राउ

0

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउपालिका–२ का २७ बर्षिय सरोज राई रहेका छन् ।

बुधबार बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो ।

अवैध लागुऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *