June 14, 2026

ओरेक नेपालद्वारा महिला मानव अधिकार रक्षकको अवस्था, चुनौति र अवसर विषयक अन्तक्रिया

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा महिला मानव अधिकार रक्षकको अवस्था, चुनौति र अवसर विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार विराटनगरमा ५ औं दिनको अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसरमा ओरेक नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक विकास मन्त्रालयको सामाजिक बिकास महाशाखा प्रमुख दुर्गा बरालले सामाजिक विकास मन्त्रालयले महिलाको क्षेत्रमा गरेका कार्यहरू बारे चर्चा गर्नुभएको थियो ।

विश्वका सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि २५ नोभेम्बरका दिन मनाउन थालिएको हो। यो दिवस मनाउन थालिएको ३१ वर्ष भइसक्दा अझै पनि महिलामाथि हुने हिंसामा कमि आउन सकेको छैन भन्दै कार्यक्रमका बक्ताहरुले आवाज उठाएका थिए ।

महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यताका साथ सोहीअनुरुप काम गर्न “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नारा तय भएको छ। त्यस्तै, “UNITE! ACTIVISM TO END VIOLENCE AGAINIST WOMEN & GIRLS!” भन्ने अन्तराष्ट्रिय नाराका साथ विभिन्न मुलुकमा विविध प्रकारका गतिविधिहरूलाई संचालन गरी यो कार्यक्रम सञ्चालन भइरहेको ओरेक नेपालकी गोमा भण्डारीले बताउनुभयो।

गत २५ नोभेम्बर अर्थात् मंसिर -०९ गते शुक्रबार प्रदेश नं -१को सामाजिक बिकास मन्त्रालयको आयोजनामा र विभिन्न सरोकारवाला संघसंस्थाको सहकार्यमा मुख्य मन्त्रीको कार्यालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मन्त्रालय, जिल्ला प्रहरी लगायत कार्यालयमा गएर सेतो रिबन र जानकारीमुलुक ब्रोसर वितरण गरेर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *