June 14, 2026

मन्टेश्वरीका विद्यार्थीको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (फोटो फिचर सहित)

0

झापा, मन्टेश्वरी एशोसिएसन अफ झापाले बिर्तामोडमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
१० वटा विद्यालयका विद्यार्थीको सहभागीतामा बिर्तामोड १ स्थित फुटसलमा प्रतियोगिता आयोजना गरिएको मन्टेस्वरी एशोसिएसन अफ झापाका सचिव अमर सुब्बाले जाकारी दिए ।
शिक्षासेवी तथा पूर्व शिक्षक भक्तिप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा मन्टेश्वरी एशोसिएसन अफ झापाका अध्यक्ष रामकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा फ्रग जम, रिले रेस, स्पोन रेस, म्याथ रेस, वुक व्यालेन्सिङ, वेलोन व्यालेन्सिङ, हन्ड्रेट मिटर रेस, स्वीट रेस जस्ता खेल खेलाइएको थियो ।
पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई छुट्टा ÷छुट्टै प्रतियोगिताको आयोजना गर्दै खेल खेलाइएको थियो ।
प्रतियोगितामा होलिकिड्स, हाम्रो पाठशाला , स्माटर्स मन्टेश्वरी, क्ट्सि जोन, ह्याप्पी किड्स, ह्याप्पी किड्स स्मार्ट, मारियाा मन्टेश्वरी, पाथीभरा चाल्र्ड केयर, विद्याविकाश, वालसंसार विद्यालयले भाग लिएका थिए ।

(फोटो फिचर )

Leave a Reply

Your email address will not be published. Required fields are marked *