June 14, 2026

म्युजिक भिडियोमा अहिले सर्वाधिक रुचाइएकी मोडेल हुन्, अञ्जु निरौला। सामाजिक भेदभावविरुद्ध चेतनामूलक टेलिचलचित्र ुदलनुमा अभिनय गरेर प्रशंसा कमाएकी उनी मोडलिङ क्षेत्रमै क्रियाशील छिन्।

राष्ट्रिय लोकदोहोरी अवार्ड, बिन्दवासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्डलगायतका विभिन्न अवार्ड र सम्मान प्राप्त गर्न सफल उनी सबैको रोजाइमा पर्ने गरेकी हुन्।

क्यामेराअगाडि लोभलाग्दो हाउभाउ, नशालु हेराइ, आत्मविश्वास र सशक्त अभिनयले छोटो समयमै उनी चलेका गायकगायिका एवं भिडियो निर्देशकको रोजाइमा पर्न सफल भएकी हुन्।

दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी अञ्जु धेरै पारिश्रमिक लिने मोडेल पनि हुन्। ुमेरो मेहनत र लगनशीलताका कारण मोडलिङमा आफ्नै पहिचान बनेको छु, उनी भन्छिन्, ुयो क्षेत्रमा गर्नु अझै धेरै छ। कामको सिलसिलामा प्राप्त अनुभवले अघि बढ्न सजिलो भएको छ।अन्नपूर्णवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *