June 14, 2026

कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

0

अन्नपूर्ण (कास्की), 

कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ ।

जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल दुई हजार तीन सय ८८ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *