June 14, 2026

मतपेटिका बोकेको गाडी लक्षित गरि सुखानीमा बम बिष्फोट

0

विमल दहाल, माई ।

माई नगरपालिका रहेका मत पेटिका संकलन गरि फिक्कल तर्फ गएको गाडी लक्षित गरि साँझ ८: ४५ बजे अपरिचित समुहले बम विस्फोट गराएको छ। बम विस्फोटबाट भने कुनै क्षति भएको छैन।

माई नगरपालिका वडा नम्बर ४ सुखानी सहादत स्थलमा माई नगरपालिका भित्रको ७ वटा बडाको मत लिएर फिक्कल तर्फ गएको गाडी लक्षित बम विस्फोट भएको राष्ट्रिय युबा संघ नेपालका माई अध्यक्ष कुमार लिम्बुले जानकारी दिनुभयो।

घटना पछि मतपेटिका अन्यत्रबाटो गरि अगाडी बढाईएको छ। माई नगरपालिका भित्रको मतपेटिका फिक्कल पुर्याउन झापाको बाटो हुदै लानु पर्ने बाध्यता रहेको छ।

बम विस्फोट लगतै ठुलो संख्यामा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सुखानी क्षेत्रमा परिचालन भएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *