June 14, 2026

पथरी शनिश्चरे-३ को जनता मावि मतदान केन्द्रबाट एक कर्मचारी प्रहरी नियन्त्रणमा

0

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे- ३ जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेको भन्दै विवाद उत्पन्न भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान ७:३० बजेतिर विवाद उत्पन्न भए पछि मत माग्ने सहायक स्तरकी कर्मचारी विनिता दाहाललाई मतदान केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मतदान गर्न ‘क’ केन्द्र पुगेकी मतदाता कमला दाहाललाई ती कर्मचारीले गठबन्धनका उम्मेदवार डा. सुनिल शर्मा लाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् ।

त्यसपछि मतदाता दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने विरोध जनाउँदै विवाद उत्पन्न भएपछि सोही वडाका वडा अध्यक्ष विजय लिम्बु र राजनैतिक दलका प्रतिनिधीको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्रबाट बाहिर निकालिएको थियो। सहायक मतदान अधिकृत सुखराम ठाकुरका अनुसार मतदान स्थलमा समस्या आएपछि ति कर्मचारी निकालिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *