June 14, 2026

सुरुङ्गा जेसीजको सप्ताह सम्पन्न

0

सुरुङ्गा ।

सुरुङ्गा जेसीजले कात्तिक २३ देखि २८ सम्म विभिन्न कार्यक्रमसहित सप्ताह सम्पन्न गरेको छ ।

जेसीज सप्ताहको कनकाई नगरका विद्यालयहरूवीच वक्तृत्वकला र चित्रकला प्रतियोगितासहित समापन गरिएको छ । वक्तृत्वकलामा नगरभित्रका कक्षा १० सम्मका १५ जना विद्यार्थी सहभागी रहेका थिए भने चित्रकला प्रतियोगितामा १२ जना आधारभूत तहका विद्यार्थीको सहभागिता रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम कन्काई माविकी सृजा प्रसाईं, द्वितीय पशुपति अंग्रेजी माविकी प्राप्ति गौतम र तृतीय विद्योदय अंग्रेजी मावि कनकाई–५ का सुसल रसाइली र प्यारागन एकाडेमीका सन्ध्या खतिवडा भएका थिए ।

त्यसैगरी, चित्रकला प्रतियोगितामा प्रथम फक्ताङ्लुङ मावि दुर्गापुरका रिङ्जिङ् तामाङ, द्वितीय प्यारागन एकाडेमीका अंकिता शाह र तृतीय हिमाली मावि लक्ष्मीपुरका राकेश राजवंशी भएका थिए ।

प्रतियोगितामा अग्रज चित्रकार तथा मूर्तिकार हिम्मत नेम्वाङ चित्रकला तर्फका र शिक्षकहरू डी. आर. सुवेदी, रूद्रबहादुर थापा र सूर्य अधिकारीले वक्तृत्त्वकलातर्फको निर्णायकको भूमिका खेलेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका उपमेयर आशा शर्मा शिवाकोटी, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा लिम्बू, विशेष अतिथि कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, पूर्व अध्यक्षहरु त्रिलोचन उप्रेती, जविन तिम्सिना, कमल कट्टेल, यदुका उप्रेती (उषा), पूर्व काका उपाध्यक्ष रामप्रसाद निरौला लगायतको आतिथ्य रहेको थियोे ।

शाखा सम्पादक चन्द्रकला ढकालको आस्थावाचन र सुरुङ्गा जेसीजका काका उपाध्यक्ष मेनुका उप्रेतीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रम कन्काई माविको सभाहलमा सम्पन्न भएको थियो ।

सुरुङ्गा जेसीजले जेसीज सप्ताह अन्तर्गत हिमाली माविमा ट्राफिक सचेतना, सुरुङ्गा बजारभित्र जेसीज वाटिकाको सरसफाइ र सुरुङ्गाचौकबाट जामुनखाडी सिमसार गेटसम्म रोड रेस (मिनी म्याराथुन) सम्पन्न गरिएका थिए ।

सुरुङ्गा जेसीज २०२२ का अध्यक्ष सुष्मा उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव राजुु पाठकले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *