June 14, 2026

अर्जुनधारामा दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिको प्रतिवाद विषयक अभिमुखिकरण

0

अर्जुनधारा,
“राजनीतिमा महिला विरुद्ध हुने दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति बन्द गरौं, निर्वादरुपमा महिलालाई राजनीतिमा सहभागी गरौं” भन्ने मुख्य नारासहित एक दिने अभिमुखिकरण कार्यक्रम आइतबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।
अर्जुनधारा–११स्थित मिरमिरे बाल विकास केन्द्रको कार्यालयमा शी लिड्स नेपालकी सहजकर्ता देवीकुमारी घिमिरेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि सामाजिक अगुवा रोहितमान ढकालले उद्घाटन गरेका थिए ।
दुष्प्रचार र घुणात्मक अभिव्यक्तिको परिभाषा, वर्तमान कानुनमा उल्लेख भएको दुष्प्रचार, मानहानी तथा घृणात्मक अभिव्यक्ति सम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहमा उपलब्ध स्रोत साधन, राजनीतिमा महिलाको नेतृत्व विषयमा सहजिकरण गरिएको कार्यक्रममा ३० जनाको सहभागिता रहेको बताइएको छ ।
शी लिड्स नेपालकी सहजकर्ता सकुन्तला बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सहजकर्ता लक्ष्मी तामाङ राईले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *