June 14, 2026

ढाका लुटपाट : चार जना चिनियाँ नागरिक पक्राउ

0

बंगलादेश,

बंगलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको हो।

चिनियाँ नागरिक ली वेन जिङ र उनका बंगलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ। यो दम्पतीले उत्तरा ३ नं.सेक्टर अन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेन्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बंगलादेशी टाका दिन तयार भएको बताएकी छन्।

तर उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत् यो सम्झौता गरेको बताइएको छ। बुधबार साँझ जिलिन ली वेन जिङको रेष्टुरेन्टमा चेन योङलाई ५० लाख रुपैयाँ दिन पर्खिरहे पनि चेन याङ आउन ढिला गरेको र सोही दिन निकै पछि एक महिलासहित केही चिनियाँ नागरिकहरू चेन याङ प्रतिनिधिको नाममा रेस्टुरेन्टमा आएका थिए।

उनीहरूले जिलिनलाई चेन याङले ५० लाख टाका जम्मा गर्न पठाएको बताएका थिए। जिलिनले चेन याङको उपस्थिति बिना पैसा दिन इन्कार गरेपनि उनीहरूले पैसा लिएर गएको बताइएको छ। ढाका महानगर प्रहरी (डीएमपी) का उत्तरा डिभिजनका उपआयुक्त मोर्शेद आलमले राष्ट्रिय बंगला दैनिक समकललाई बताए अनुसार शहरको बारिधारा र उत्तरा क्षेत्रमा छापा मारेर चार जना चिनियाँ नागरिकलाई पक्राउ गरि अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *