June 14, 2026

नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने

0

झापा, मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले झापाका ४ वटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गर्ने भएको छ ।
राष्ट्रिय पार्टीको मान्यता पाएसंगै नेमकिपाले झापामा पहिलो पटक उम्मेद्वार उठाउँदै निर्वाचनमा सहभागीता जनाएको हो ।
झापाको कनकाई नगरपालिकास्थित लक्ष्मीपूरमा वुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वटै क्षेत्रका उम्मेद्वाहरुका विषयमा जानकारी गराइएको हो । नेमकिपाले झापा क्षेत्र नम्वर १ मा भने उम्मेद्वारी नदिएको जनाएको छ ।
पार्टीले झापा क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि महेन्द्र खायमली, क्षेत्र नम्वर ३ मा कृष्णगोपल छुस्याबाग, ४ मा विक्रम कासिछ्वा र क्षेत्र नम्वर ५ बाट रुद्रवहादुर दाहाल(रुपक)लाई उम्मेद्वार बनाएको हो ।
त्यस्तै प्रदेश सभा दस्यका लागि भने सो पार्टीले झापा क्षेत्र नम्वर २ मा मात्रै उम्मेद्वार िदिएको छ । झापा क्षेत्र नम्वर २ को २ मा सन्तकुमार तामाङलाई उम्मेद्वार बनाएको हो ।
पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फको नाम सिफारिस गरेको छ ।
किरात मोर्चासंग चुनावी तालमेल गर्दै नेमकिपा चुनावी मैदानमा रहेको छ ।
पत्रकार सम्मेलनमा आफ्ना पार्टीले अघि सारेका प्रतिवद्धता पत्र सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक उकेश कवांले नागरिकता विधेयक पारित नभएकै कारण भारतले नेपालमा अघोषित नाकावन्दी गरेको आरोप लगाएका छन् । नेपालमा रसायनिक मल भारतले उपलब्धता नगराउँदा देखिएको समस्याबाटै भारतले लगाएको अघोषित नाकाबन्दी हो भनेका छन् ।
पार्टीले माध्यमिक शिक्षा निःशुल्क, अनिवार्य तथा विश्व विद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन, ज्येष्ठ नागरिक , अशक्त, टुहुरा टुहुरीको व्यवस्थापन गराउन, प्रत्येक प्रदेशमा प्रदेश स्तरीय विश्व विद्यालय र अस्पताल निर्माण गराउन, महिलाको श्रम शक्ति वृद्धि र वालवालिकाको उचित स्यहारका लागि स्थानीयको वडा र टोल टोलमा वालउद्यान सञ्चालन गराउन , छुवाछुत र छाउपडी प्रथा अन्त्य गराउन पहल गउाउने लगायतका एजेण्डा अघि सारेको छ ।
स्थानीय विकास स्थानीय जनप्रतिनिधिले गर्ने हो केन्द्रीय सदस्य तथा प्रदेश संयोजक कवांले भने – स्थानीय तहको विकास गर्छु भन्दै मत माग्ने प्रतिनिधि सभाको सदस्य हुन सक्दैन ।
देशको राम्रो ऐन कानून र त्यसलाई कार्यन्वयन गर्ने नेमकिपाको मूख्य उद्देश्य भएको उनको भनाई छ ।
किरात मोर्चाका केन्द्रीय अध्यक्ष नवीन किरातीले घोषणा पत्रमा लेखिएका भन्दा राम्रो काम गरेको देखेर हामीले निर्वाचनमा नेमकिपासंग सहकार्य गरेको बताएका छन् ।
जीतेन्द्र खायमलीले कार्यक्रमको सहजीकरण गरेका थिए भने नेपाल कान्तिकारी मजदुरसंगका केन्द्रीय सदस्य राजकृष्ण गोराले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *