October 1, 2026

फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

0

पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरस्थित ईलाका प्रहरी कार्यालय पथरीले जिल्ला अदालतबाट १ वर्षको कैद सजाय ठहर गरेको फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।

पथरीस्थित ईप्रकाबाट खटिएको प्रहरी टोलीले जवरजस्ती करणी कसुर मुद्दामा एक वर्ष कैद ठहर भएका फरार प्रतिवादी पथरी शनिश्चरे – १० वस्ने ३४ वर्षे सुरेन्द्र लिम्बुलाई  मंगलबार पक्राउ गरी जिल्ला अदालत मोरङ्ग पठाएको हो।

२०७७चैत ६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १ वर्ष कैद ठहर भएका प्रतिवादी लिम्बुलाई फैसला कार्यन्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेश अनुसार कैद भुक्तानको लागि मोरङ कारागार पठाईएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *