September 24, 2026

पथरीमा चोरी भएको स्कुटीसहित एक पक्राऊ

0

पथरीशनिश्चरे,

प्रहरी कार्यालय पथरीले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

आज शुक्रबार इलाका प्रहरी कार्यालय पथरीले पत्रकार सम्मेलन मार्फत् मोरङको रंगेली नगरपालिका वडा नं. ८ का अनुव बस्नेतलाई पक्राउ गरेको हो । रंगेली–७ बाट उनलाई स्कुटर सहित कात्तिक १४ गते पक्राउ गरेको थियो ।

कानेपोखरी वडा नं. ७ मा अवस्थित सन्तोष उदासको ग्यारेज अगाडि पार्किङ गरी राखिएको प्र १–०२–०३ प ९४५१ नम्बर टिभिएस कम्पनीको स्कुटर कात्तिक १३ गते हराएको थियो ।

स्कुटर चोरी भएको भन्ने खबर अस्थाई प्रहरी चौकी कानेपोखरी मार्फत् इप्रका पथरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई स्कुटर सहित पक्राउ गरेको हो ।

मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको पथरीशनिश्चरेका प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *