June 16, 2026

नक्कली करारनामा बनाइ ठगी गर्ने पक्राउ

0

काठमाडौँ, 

नेपाल प्रहरीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली करारनामा बनाइ रु चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका–१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अन्सारीले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाइ ठगी गरेकाले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्सारीले उक्त करारनामा घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गराइ होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक गरी रकम लिएर ठगी गरेकोले वीरगञ्जबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *