June 16, 2026

पथरीशनिश्चरेमा लोकतान्त्रिक वाम गठबन्धनको घरदैलो र कोणसभा

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेद्वार डाक्टर सुनिल शर्माले मंसिरपछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्वासी तथा भुमिहीनहरुलाई पहिलो चरणको धनीपुर्जा वितरण गरिसक्ने बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ को पथरीशनिश्चरेमा आयोजित कोणसभालाई संवोधन गर्दै संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार शर्माले आफुहरु आश्वासन दिने मात्र नभइ काम गर्ने बताउनुभएको हो ।

उहाँले ‘जनता जनार्दन भएकाे उल्लेख गर्दै अगाडि भन्नुभयो -‘जेलभित्र रहेका रेशम चौधरीलाई ब्यालेटमार्फत जिताए , त्यसरी नै बिरामी भएर हस्पिटलमा रहेका शेखरचन्द्र थापा सहित आफू र गठबन्धनका उम्मेद्वारलाई ब्यालेटमार्फत मतदाताले जिताउनुहुनेछ ।’

डा. शर्माले आफुले यस अघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्ने जति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने शर्माको भनाइ थियो ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ सहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसीरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पुरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताउनुभयो ।

यसैगरी, आज विहीबार पथरीशनिश्चरे नगरको वडा नं १ र १० यलम्बर, फुलबारी लगायतका स्थानहरुमा संयुक्त गठबन्धनले कोणसभा र घरदैलो अभियान जारी राखेको थियो । घरदैलो अभियानका क्रममा प्रतिनिधि सभा सदस्य पदको लागि समावेशी दलित कोटाबाट समानुपातिक उम्मेदवार कृष्ण कुमारी विश्वकर्मा,नेपाली कांग्रेसका प्रदेश-सभा सदस्य पदको समानुपातिक उम्मेदवार वसन्त भट्टराई, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश-सभा सदस्य पदको समानुपातिक उम्मेदवार गीता तिम्सिनाले कोणसभालाई संवोधन गरेका थिए।

निर्वाचन परिचालन समिति संयोजक लाल बहादुर सुस्लिल मगर, सहसंयोजक चण्डी प्रसाद राई, सहसंयोजक कर्ण परियार, पथरीशनिश्चरे नगरस्थित चुनाव प्रचार प्रसार समितिका संयोजक रूप नारायण भट्टराई , घरदैलोमा प्रतिनिधि सभा सदस्य पदको लागि नेकपा एकीकृत समाजवादी पार्टीकी समानुपातिक उम्मेदवार कृष्ण कुमारी विश्वकर्मा, प्रदेश-सभा सदस्य पदको लागि नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार वसन्त भट्टराई,नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार मानबहादुर लिम्बु युङसाहाङ लगायतका नेता तथा कार्यकर्ताहरुको बृहत सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *