June 16, 2026

सतासीले गर्यो चाड–पर्व विशेष चिठ्ठाको नतिजा सार्वजनिक

0

सञ्जय श्रेष्ठ
झापा ।

झापाको विर्तामोड–५ स्थित सतासी वहुउद्येश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित सतासी डिपार्टमेण्ट स्टोरले चाड–पर्व विशेष चिठ्ठाको नतिजा सार्वजनिक गरेकोको छ ।

संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ अध्यक्षता तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव तथा प्रवन्धक सन्तोष श्रेष्ठ कसजुले गरेका थिए ।

हाल सम्म यस संस्थाका विर्तामोड लगायत अर्जुनधारा, कन्काई, मेचीनगर, हल्दीवारी गरि पाँचवटा शाखा र डिपार्टमेण्ट स्टोरतर्फ विर्तामोड, कन्काई, गरामनी र हल्दीवारी गरि ४ वटा डिपार्टमेण्ट स्टोर रहेको र विर्तामोडको विजुली अफिसको पूर्वपट्टी १०००० स्क्वायर फूटमा निर्माणाधिन भवनमा वितामोड न.पा.कै सबै भन्दा ठूलो डिपार्टमेण्ट स्टोर चाँडै नै खुल्ने प्रवन्धक श्रेष्ठले बताए ।

वजार भाउ भन्दा केही सरल मुल्यमा सामान उपलब्ध गराउँदै आएको यस सस्थाले सिमाना पारीका वजारबाट सामान आयात गर्ने परिपाटीलाई रोक्न चाड–पर्वलाई लक्षित गरि संस्थाले यस वर्ष रु.२००० सम्मको सामानको खरिदमा एक चिठ्ठा ग्राहकलाई उपलव्ध गराएको थियो । जसमा ४ वटै डिपार्टमेण्ट स्टोरबाट संकलित कुपनहरुलाई जम्मा गरी चिट्ठा खोलिएको थियो ।

जसमा प्रथम पुरस्कार विर्तामोडका डिल्ली न्यौपानेले सामसुमको ३२ ईन्चको एलइडी टिभी प्राप्त गरे, दोश्रो पुरस्कार कन्काई–३ का धर्मप्रसाद उप्रेतीले सामसुमको ७ के.जी.को वासिङ्ग मेसिन प्राप्त गरे, तेश्रो पुरस्कार कन्काई–३ कै हेमन्त कुमार राईले सामसुमको १९२ ली.के रेफ्रिजिरेटर प्राप्त गरे । त्यस्तै गरि अन्य ८०÷८५ जनाले सान्त्वना पुरस्कार स्वरुप विभिन्न गिफ्ट हेम्परहरु प्राप्त गरेका थिए ।

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष राजु न्यौपाने, महिला उपाध्यक्ष नैनकला भट्टराई, राधिका चुडाल,जीवन खड्का लगायत लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्षले स्वागत गरेको कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ लगायतले बोलेको सहकारीका यादव घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *