September 23, 2026

विषालु सर्पले डसेर एक जनाको मृत्यु

0

पथरीशनिश्चरे ।

विषालु सर्पले डसेर पथरीशनिश्चरे–५ हसन्दहका ४२ वर्षीय अमरसिंह विष्टको मृत्यु भएको छ।

आफ्नै खेतमा घाँस काट्न गएका विषालु सर्पले डसेर उनको मृत्यू भएको पारिवारिक स्रोतले जनाएको हो। नेपाल पत्रकार महासंघ मोरङको पूर्व अध्यक्ष महेन्द्र विष्टले आफ्नै भाई अमरसिंह विष्टको शनिबार सर्पले डसेर निधन भएको जानकारी दिए ।

पूर्व अध्यक्ष विष्टले आफ्नो भाई अमरसिंहलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको र सामान्य जाँचपरिक्षणपछि चिकित्सकले मृत्यु भएको घोषणा गरीदिएको जनाएका छन्।

पारिवारिक स्रोत अनुसार मृतकको पार्थिव शरीर नीजिनिवास पथरीशनिश्चरे–५ स्थित सुगाबजारमा रहेको र आइतबार बक्राहा खोलामा दाहंसस्कार गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *