September 25, 2026

डाङग्रे बाबा–सेतीदेवी– पाथीभरा माता धाममा पेभर्स लगाइयो

0

अर्जुनधारा, झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम परिसरको परिक्रमा मार्गमा पेभर्स लगाइएको छ ।
धाम संरक्षण समितिको पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न दाताहरुको सहयोगमा उक्त परिक्रमा मार्गमा पेभर्स लगाइएको समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”ले जानकारी दिए ।
दाताहरुबाट प्राप्त नगद तथा जिन्सीसहित कुल ९९ हजार रुपैयाँको लागतमा २८५ फिट भन्दा बढी पेभर्स लगाइएको हो ।
पेभर्स लगाउन अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य गौरीमाया चिमरीया “अस्मिता”बाट ११ हजार पाँच सय रुपैयाँ, अर्जुनधारा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीबाट ११ हजार रुपैयाँ, किरात राई यायोक्खा अर्जुनधारा नगर कार्यसमितिका अध्यक्ष क्या.मानबहादुर राईबाट १० हजार रुपैयाँ, फरवार्ड एजुकेशन फाउण्डेसन प्रा.लि.का सञ्चालक इन्दप्रसाद गिरीबाट १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो ।
त्यसैगरी क्या.शिवकुमार र मनकुमारी चाम्लिङ राई दम्पतीबाट १० हजार रुपैयाँ, दिलीपकुमार र भूपा थुलुङ राई दम्पतीबाट १० हजार रुपैयाँ तथा सुरेश र चन्द्रकला चाम्लिङ राई दम्पतीबाट १० हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो । यता समितिको आन्तरिक कोषबाट १० हजार रुपैयाँ जुटाइएको थियो ।
त्यस्तै व्यवसायी सुरेन श्रेष्ठबाट चार सय थान पेभर्स र समितिका अध्यक्ष मगरबाट तीन ट्रयाक्टर बालुवा प्राप्त भएको थियो । उक्त परिक्रमा मार्गको आगामी मंसीर २७ गते पञ्चमीका दिन उद्घाटन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *