बौद्धिक अपाङ्ग र दृष्टि बिहीनलाई सहयोग गर्दै सञ्जिव
बिर्तामोड ।

झापाको भद्रपुरमा ब्यवसाय गर्दै आएका सञ्जिव घोषले बिर्तामोड दुई वटा सामुदायिक विद्यालयमा सहयोग गर्दै तिहारको शुभकामना दिएका छन् ।
भद्रपुर निवासी घोष ब्यवसायसंगै सामाजिक काममा सक्रिय रहेका छन् । प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवा मुलक काम गर्दै आएका घोषले यस पटक बिर्तामोड स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालय र विराटपोखरमा रहेको विद्यालयका विद्यार्थीलाई लत्ताकपडा प्रदान गर्दै तिहारको शुभकामना दिएका हुन् ।

गारामनी स्थित दुर्गा माविमा रहेका बौद्धिक अपाङ्गता तथा दृष्टि बिहीन विद्यार्थीलाई सहयोग गरेको घोषले बताए । उनले ५० जना विद्यार्थीलाई सहयोग गरेको र जाडो मौसममा विद्यार्थीलाई ट्रयाक्सुट प्रदान गर्ने सोच बनाएको जानकारी दिए ।
ब्यवसायमा अब्बल रुपमा परिचित घोषले आफ्ना आमा–बुबाको प्रेरणाका कारण सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको बताए । बैद्धिक अपाङ्ग तथा दृष्टि विहिन विद्यार्थीलाई समाजमा हेलाको दृष्टिकोणले हेर्ने चलन रहेको र उनीहरु पनि यो समाजका अब्बल नागरिक हुन भन्ने सन्देश दिन पनि आफुले उनीहलाई सहयोग गरेको घोषको भनाई छ ।

उनले समाज सेवा गर्न श्रीमतीसहित स–परिवारको साथ र सहयोगले सामाजिक काम गर्न प्रेरणा मिलेको बताए ।
