September 24, 2026

‘सिनो’ नबोक्न सिटौलाको सुझाव

0

झापा ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसााद सिटौलाले संबिधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक ढिक्का भएर लाग्नुपर्ने समय आएको बताएका छन् ।

लामो संर्घषपछि प्राप्त उपलब्धिलाई पटक–पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनको भनाइ छ ।
झापाको बाह्रदशी–५स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आयोजना गरेको प्रदेश प्रखण्ड स्तरीय अन्तरमावि कविता प्रतियोगिता एवम् पुस्तक विमोचन समारोहमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैं पाखा लाग्ने बताए ।

‘हामी निर्बाचनको सम्मुखमा छौं’– नेता सिटौलाले भने– ‘पटक–पटक संविधान भंग गर्न खोज्नेहरुलाई जनताले नजिकबाट नियाली रहेका छन्, यसपटकको निर्बाचनमा त्यसको परिणाम उनीहरुले आफैं भोग्नेछन् तपाई हामीले केही भनिरहनुपर्दैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै नेता सिटौलाले भने– ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरुका दिन गइसके । ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै हो– नेता सिटौलाले भने– ‘अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरु तपाई हामी कहाँँ आउन सक्छन् भम्रमा नपर्नु होला, अब सिनो बोक्नेहरुसंग सचेत रहनुपर्छ ।’ फरक–फरक आस्था र विचार राख्ने हामी सबैलाई श्रष्ठा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ छ । उनले सबै श्रष्टा र सृजनालाई उचित सम्मान गर्नु पर्ने बताए ।

यसैबीच साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोश्वामीद्वारा लिखित मञ्जरी कविता संग्रहको नेता सिटौलाले बिमोचन गरेका छन् । रेडक्रसकर्मी समेत रहेका गोश्वामीको पल्लबीपछिको यो दोस्रो कविता संग्रह हो । एक सय ९१ वटा कविता संग्रहित पुस्तक एक सय ९२ पृष्ठको रहेको छ ।

‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ का अध्यक्ष गोश्वामीको अध्यक्षता तथा कांग्रेस नेता सिटौलाको प्रमुख आतिथ्य र निर्वतमान १ नम्वर प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ प्रेमिल जोडी बझारु राजवंशी–पानो राजवंशी, रत्नप्रसाद खतिवडा–लीला कुमारी खतिवडा, अविराम साह–तारादेवी साह, हरिप्रसाद– हरिमाया पाठक, चूडामणि– चित्रादेवी दाहाल, देवकुमार– रत्नादेवी राजवंशी, दिलवहादुर–ललिमाया राई, सुनदरला–उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो ।

सामाजिक व्यक्तित्वका रुपमा वावुलाल टुडू, सुभाषचन्द्र सिंह राजवंशी, धनपति उप्रेती, चन्द्रप्रकाश योङ्हाङ, राम प्रसाद गणेश, उत्तमकुमार सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै एकल महिला सीता पाठकलाई समेत सम्मान गरिएको थियो ।

श्रष्टा सम्मानतर्फ चिरञ्जीवी काफ्ले, बिनोद विवश, केशव आचार्य, पवन राजवंशी, विष्णुकुमार भट्टराईलाई समेत सम्मान गरिएको थियो । त्यस्तै बाह्रदशी निवासी शिवराम लिम्बूलाई आविष्कारकका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नृत्यकारका रुपमा स्वीकृति सुवेदीलाई सम्मान गरिएको थियो । यता संस्थागत सदस्यता ग्रहण गर्नेलाई समेत सम्मान गरिएको थियो ।

यसैबीच प्रतिष्ठान स्थापनाका लागि सहयोग पु¥याउने युवा व्यवसायी चान महमदलाई समेत सम्मान गरिएको थियो । ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’का सन्तोष सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गौरीशंकर माविका शिक्षक लोचनकुमार गुरागाँईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *