धनमन्तरी जयन्तिको अबसर ४४ जनाले गरे रक्तदान
झापा, धनमन्तरी जयन्तिको अबसर पारेर बाह्रदशी गाउँपालिकाको आयुर्वेद स्वास्थ्य शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य हरि वहादुर राजवंशीले गरेका थिए । वाह्रदशी गाउँपालिका ५ का वडाध्यक्ष बीरवहादुर सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जटाशंकर झाले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी १ नम्वर प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, वाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्ना कुमारी राजवंशी, वाह्रदशी गाउँपालिका वडा नम्वर ५ का पूर्व वडाध्यक्ष भूपेन्द्र कटुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठक लगायतले बोलेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष देविन्द्र चम्लगाई, ,योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी ,वडा नम्वर २ का वडाध्यक्ष भीमवहादुर कार्की लगायतको आतिथ्य रहेको थियो ।
आयुर्वेद व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ओम प्रकाश गौतम, भूपेन्द्र कटुवाल, जीवनाथ खरेल, जानुका राजवंशी, कमल राजवंशी, खड्ग प्रसाद राजवंशी र जटाशंकर झा रहेका छन् ।
गाउँपालिकाका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख झाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा नम्वर ४ का वडा सचिव राजु गिरीले गरेका थिए ।

