नेपाल खेलकुद महासंघ अर्जुनधाराले कोष स्थापना गर्ने
अर्जुनधारा ।

खेलाडीहरुको विकास र खेलकुद गतिविधिहरुलाई निरन्तरता दिनका लागि नेपाल खेलकुद महासंघ अर्जुनधारा नगर कमिटीले कोष स्थापना गर्ने भएको छ ।
महासंघको आयोजनामा गत असोज १० गते सम्पन्न भएको प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष हेमलाल परियारले स्थापना भएको कोषको औचित्य बारे जानकारी गराएका थिए ।
महासंघका अध्यक्ष परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव आननदेव कट्टेलले उक्त प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा प्रतियोगिताको जम्मा आम्दानी दुई लाख ९५ हजार एक सय रुपैयाँ, जम्मा खर्च दुई लाख ७४ हजार एक सय रुपैयाँ र जम्मा बचत २१ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
