धनकुटामा गाँजासहित दुई जना पक्राउ
धनकुटा ।

धनकुटा नगरपालिका–९ चिम्सुवाबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–३ की ४९ बर्षीया बिष्णुकुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५–५ केजी गाँजासहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
