September 24, 2026

पथरीशनिश्चरे-२ को सडकका खाल्डाखुल्डी पुर्ने अभियान

0

पथरीशनिश्चरे ,

पथरी शनिश्चरे नगरपालिका वडा नं २ ले वडाभित्रका विभिन्न सडकहरू रहेका खाल्डा- खुल्डी पुरेको छ।

पानी जमेर खाल्डाखुल्डी भएका विभिन्न टोलका सडकहरू केही दिन अघिदेखि अभियानको रूपमा पुरिदै आईएको हो। विशेष गरी दशैँ तिहार,छठ , आदि चाडपर्वमा यातायात सहज तुल्याउने अभिप्रायले खाल्डाखुल्डी पुर्ने काम अभियानकै रुपमा संचालन गरिएको थियो। सोहि क्रममा आज चौथो दिन पनि वडाभित्रका कालापानी ,कसेनी, जयचोक,नेवार टोल ,कार्की टोल ,, कजवे पुर्वका ठुला खाल्डाहरु पुरिएको वडा अध्यक्ष नैना साम्पाङ्ग राईले बताउनुभयो ।

उक्त अवसरमा वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिलनाथ घिमिरे, अम्विका लिम्बु सहित स्थानीय वडावासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।अभियानकै क्रममा संचालित खाल्डाखुल्डी पुर्ने कार्य ट्याक्टर व्यावसायीहरु पनि दशैँ मनाउने भएकाले बाँकी रहेका केहि स्थानहरुमा भने दशैँपछि लगत्तै पुनः संचालन गरिने जानकारी गराईन्छ।

यसैबीच, वडाध्यक्ष राईले वडावासी सम्पुर्ण आमाबुबा ,दाजुभाई , दिदीबहिनीहरुमा नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *