September 24, 2026

प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालको छैठौं वार्षिक साधारण सभा सम्पन्न

0

झापा, प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपालको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अग्रज व्यवसायी पवन कुमार अग्रवालको प्रमुख आतिथ्यमा संस्थाको वार्षिक उत्सब तथा विजया दशमी २०७९ को शुभकामना आदन प्रदान समेत गरिएको थियो । समारोहमा संस्थाका संस्थापक सदस्य बालदेन शेर्पा, देविचन राई, वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार उप्रेती ,नारायण गुरुङ, विनोद श्रेष्ठ, मन वहादुर मगरलाई सम्मान गरिएको थियो ।


संस्थाका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी गंगाप्रसाद मैनाली, संस्थाका कोषाध्यक्ष टहलदाश ओली, व्यवसायी विष्णुप्रसाद संग्रौला, पूर्व जनप्रतिनिधि प्रेम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष रोशन बोहोराले स्वागत गरेको कार्यक्रममा सम्पूर्ण व्यवसायी लगायत देश तथा विदेशमा रहने आम नेपालीहरुलाई विजया दशमीको शुभकामना सहित संस्थाका अध्यक्ष राईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव डेसर किरण राईले गरेका थिए ।
यसैबीच संस्थाका केन्द्रीय सदस्य सीता कुँवरका श्रीमान दिपेन्द्र उप्रेती मृगौला पीडित भएर उपचाररत रहेकाले उनको स्वास्थ्य लाभको कामना सहित नगद ६२ हजार २ सय १० रुपैयाँ सहयोग गरिएको थियो ।
संस्थाका पदाधिकारीहरुले नै उप्रेतीको उपचारका लागि सहयोग गरेको अध्यक्ष राईले बताए । राईका अनुसार प्रकाश उप्रेतीबाट दश हजार, राजकुमार राईबाट पाँच हजार पाँच सय, डिल्लीरमण सिवाकोटीबाट पाँच हजार पाँच सय, राजु समालबाट पाँच हजार पाँच सय, टहलदाश ओलीबाट पाँच हजार एक सय, अर्जुन कुमार उप्रेतीबाट पाँच हजार, रोशन वोहोराबाट पाँच हजार, सूर्यकुमार निरौलाले पाँच हजार, डेसर किरण राई तीन हजार एक सय, हरि प्रसाद उप्रेती तीन हजार दश , रमेश कट्टेल तीन हजार, प्रेम वहादुर थापा दुई हजार पाँच सय, गोमा खतिवडाबाट दुई हजार र इन्दिरा भट्टराईले दुई हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *