June 14, 2026

बिर्ताबजार चौकीमा सोलार बत्ति जडान

0

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–३ बिर्ताबजारमा रहेको प्रहरी चौकी बिर्ताबजारमा सोलार बत्ति जाडान गरिएको छ । विद्युत अवद्ध भएको समयमा चौकी क्षेत्रपनि अन्धकार हुनेभएकाले नेपालीहरुको महान पर्व वडा दशैंको अवसर पारेर रातको समयमा पनि उज्यालो बनाउने उद्धेश्यले बत्ति जडान गरिएको चौकी ब्यवस्थापन समितिका अध्यक्ष विरन कोइरालाले बताए ।

यसैबीच शान्ति सुरक्षाका लागि खटिने प्रहरीलाई चिसो पानी उपलब्ध गराउने उद्धेश्यले प्रहरी चौकी बिर्ताबजारलाई दुई लाख मुल्य बराबरको मेसीन प्रदान गरिएको छ । समाजसेवी रामचन्द्र मैनालीले प्रहरी चौकीलाई उक्त मेसीन प्रदान गरेका हुन् । सो अवसरमा मैनालीलाई सम्मान गरिएको थियो ।

बिर्तामोड–३ लाई सफा सुन्दर र स्वच्छ बनाउने प्रयत्न अनुरुप वृक्षारोपण गरेको र अन्य सामाजिक कामलाई पनि तिब्रता दिएको वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । कार्यक्रममा वडासदस्य हिरप्रसाद बास्कोटा, नेपाल रेडक्रस बिर्तामोड शाखाका अध्यक्ष सजेश शिवाकोटी, बिर्ताबजार ब्यवस्थापन समितिका अध्यक्ष नवीन शिवाकोटी, प्रविन पोख्रेल, अप्रोज खान, प्रेम उप्रेती, दिपक मास्के, हिमाल मैनाली,  चक्र बिमली, लक्ष्मी ढकाल लगायतको सहभागिता रहेको थियो ।

जनताको जिउधनको सुरक्षाका लागि खटिने प्रहरीलाई सहयोग गरेको भन्दै प्रहरी चौकी बिर्ताबाजारका इञ्चार्ज प्रविन खड्काले धन्यवाद दिए । सामजमा शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरी हातेमालो गरेर अघि बढ्नु पर्ने भन्दै चाडपर्वको समयमा अपराध बढ्न सक्ने भएकाले सबैलाई चनाखो बन्न आग्रह समेत गरे । उनले प्रहरीलाई पिउने पानी अन्र्तगत मेसीन उपलब्ध गराएको भन्दै धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *