September 23, 2026

जुट खेति : अहिले लोपोन्मुख

0

छविराज ढकाल/ पथरीशनिश्चरे,

झापा, मोरङ्ग तथा सुनसरी जिल्लाका तराई क्षेत्रमा निकै पुरानो खेतिको रूपमा परिचित सनपाट (जुट) खेति अहिले प्रायः लोपोन्मुख अवस्थामा छ।

कमै किसानहरुले मात्र यो खेति गर्छन् र गाउँ घरमा घरायसी आवश्यकता र गर्जो टार्ने हिसाबले मात्रै यो खेति गरिने चलन छ।

आधुनिक पुस्ताले यो खेतिको विकल्पमा व्यपार, व्यवसाय, वैदेशिक रोजगार तथा उद्योग वाणिज्य क्षेत्रमा हात हालेका छन्। उनीहरूले यो खेतिलाई पुरानो र पुर्ख्यौली पेसा ठान्ने गरेका हुन् । फलस्वरूप, उनीहरु यो खेतिबाट विमुख बन्दै गैरहेका पनि छन्।

अन्य व्यवसायको तुलनामा यो खेति अलिक धेरै मेहेनत गर्नु पर्ने,र उत्पादित जुट बिक्री गर्दा आम्दानी कम हुने लगायतका समस्याहरू बेहोर्नुपर्ने भएकाले त्यस्ता समस्या झेल्नु भन्दा खेति नै नलगाउने वा कम लगाउने गरेको रतुवामाई नगरपालिका -५ का छोटु राजवंशीले सुनाए ।

विगतमा प्रशस्त मात्रामा उत्पादन हुने जुट यतिबेला कम उत्पादन हुन्छ। यहीं कारण जुटमा देशका विभिन्न ठाउँमा स्थापना भएका ठुल्ठुला आधारित उद्योग तथा कलकारखानाहरू पनि संचालन हुन छोडेका छन् र प्रायः बन्द भैसकेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *