September 23, 2026

छानामाथि टाँगिएको माकुरीको जालो हेर
कुरा काट्दै हिड्नेको मन कति कालो हेर

मान्छे हो मर्दा पर्दाखेरी काम लाग्न सक्छ
प्वाल पर्दा प्रयोग हुने कपडाको टालो हेर

सहि कुरा र सहि समय चिन्न सक्नुपर्छ
तिहारको ज्वाइ अनि श्राद्धको सालो हेर

तेरो मेरो मै हु भन्ने घमण्ड के का लागि?
दुई दिने चोलामा आफ्नो मर्ने पालो हेर

तुलसा भट्टराई,
उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *