September 17, 2026

मोरङमा ८४ प्रतिशत पुँजीगत खर्च

0

मोरङ, 

मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पाँच सय ८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिनुभयो ।

सोही अवधिमा चालुतर्फ रु ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजन भएकामा रु ३४ अर्ब ९८ करोड ४४ लाख ३७ हजार खर्च भइ ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको उहाँले बताउनुभयो । जिल्लाभर सम्बद्ध कार्यालयले रु ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार राजस्व सङ्कलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *