September 23, 2026

तरकारीको ट्रकमा लागूऔषध ओसारपसार, बन्दाकोपी बोकेको ट्रकभित्र ६ बोरा गाँजा बरामद

0

झापा ।

नेपालबाट भारत निर्यात हुने सागसब्जी (तरकारी)को ट्रकमा लागू औषध ओसारपसार हुने गरेको पाइएको छ। नेपाल–भारत सीमा नाका मोरङको विराटनगरबाट भारतको जोगवनीतर्फ बिना भन्सार लुकाइछिपाइ लैजाँदै गरेको बन्दाकोपी बोकेको मिनी ट्रकभित्र लागु औषध गाँजा बरामद भएसँगै यस्तो कारोबार हुने गरेको खुलेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार मध्यराती साढे ११ बजे रानी ढाट नजिकैबाट प्र–१–०२–००१ ख ८६७७ नम्बरको बन्दाकोपी लोड गरिएको एउटा मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।

ट्रकमा लोड गरिएको बन्दाकोपीभित्र लुकाइछिपाई राखेको ६ बोरा गाँजा सशस्त्र प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीका एसएसपी तथा प्रवक्ता विश्वराज भट्टराईले जानकारी दिए। ‘मिनी ट्रकमा ४६ बोरा बन्दाकोपी थियो,’ प्रवक्ता भट्टराईले भने, ‘बन्दाकोपीको बोरासँगै गाँजा प्याक गरिएको ६ वटा बोरा फेला पर्यो।’

बरामद गरिएको १५६ केजी गाँजासहित ट्रक, ट्रक चालक धनकुटा सहिदभुमि गाउँपालिका(३ बस्ने २९ वर्षीय विवेक राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी बुझाइसकेको उनले बताए। भन्सारमा राजश्व तिरेर तरकारी लैजाने प्रक्रियामाथि सरकारले कडाइ गरेपछि कारोबारी तथा व्यापारीले भेरिया नाकाबाट तस्करीको माध्यमबाट तरकारी भारत पठाउँदै आएको छ। सोही नाकाबाट जान लागेको बन्दाकोपी बोकेको ट्रक चालक बाटो बिर्सिएर रानी नाका पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *