October 4, 2026

सिमलडाँगीमा आगलागी छ घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी

0

उदय मैनाली / बिर्तामोड ।

झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा छ घर पुर्णरुपमा जलेर नष्ट भएका छन् ।

आज(बुधबार ) बिहान करिब तिन बजे अवदुल करिम अलिको घरको विद्युतीय मिटर सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत मिटर सर्ट हुँदा अवदुलको घर सहित आसपास रहेका अवदुल जुलास अली,अमुल अली,अनावर अली,स्माइल अली र सामेद अलीको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।

मानवीय र चौपाया क्षती नभएपनि घरहरु पुर्णरुपमा जलेकाले घर भित्र रहेका लत्ताकपडा,अन्न लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ।आगलागीबाट भएको क्षतीको पुर्ण विवरण भने आउन बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *