June 14, 2026

सुरक्षाको माग गर्दै दमक बन्द

0

दमक, कात्तिक  २५ । तीन साताअघि दमक–१३ स्थित एक कम्प्युटर व्यवसायीको पसलमा  भएको चोरीको घटनामा प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै दमकका व्यवसायीले आज यहाँको बजार बन्द गराएका छन् ।

उनीहरूले व्यावसायिक सुरक्षाको माग गर्दै आज एक दिन दमकबजार आह्वान गरेका हुन् । बन्दका कारण बिहानदेखि यहाँको पसल पूर्ण रूपमा बन्द भएका छन् । गत असोज २९ गते राति अनलाइन कम्प्युटर एन्ड सप्लायर्सबाट लाखौँ मूल्यका ल्यापटप चोरी गर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले नसकेकाले चोरीमा संलग्नलाई प्रक्राउ गर्न दबाब दिँदै बजार बन्द गरिएको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसार्इंले बताए ।

सङ्घको सोमबार सम्पन्न सर्वपक्षीय बैठकले व्यावसायिक असुरक्षा बढेकाले प्रशासनको ध्यानाकर्षण गराउन बजार बन्द गर्न बाध्य हुनुपरेको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । सोही बैठकले प्रसाईंको संयोजकत्वमा ११ सदस्यीय एक सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

दमक–१३ स्थित मुख्य चोकमा रहेको कम्प्युटर सप्लायर्सबाट करिब रु २५ लाखको ल्यापटप र नगद चोरी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *